रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो ।
आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न सातवटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए । राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी लेबल खुल्ला तर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्धितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।
त्यसैगरी भेट्रान्स ४५ बर्ष उमेर समुह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ बर्ष उमेर समुह माथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रिय स्तरमा टक १० भन्दा माथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधि तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, र जिल्ला स्तरीय खुल्ला तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने उनले क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए । जिल्ला स्तरीय खुल्ला प्रतियोगिता भने भदौ २९ र ३० गते हुनेछ ।
असोज ३ गते सम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टरकलेज, रिजाल फुड्र्स, राममणि न्यौपाने, विकास डल्लाकोटी लगायत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रुपैया खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले खेलक्षेत्रको विकासको लागि रत्ननगरमा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगितामा स्थानीय सरकारको पूर्ण सहयोग रहने बताए । सात वटा विधामा हुने प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लवका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।