काठमाडौं । हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाजमा बाह्य रूपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एइडी) राखेको छ । उक्त जीवनदायी मसिन राखिएपछि हिमालयका जहाजमा गरिने यात्रा विगत भन्दा बढी सुरक्षित, विश्वसनिय र आरामदायी कम्पनीले जनाएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदय गति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ । यस कार्यपश्चात हिमालय एअरलान्सका जहाजहरूमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको जनाइएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदय गति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्ने कम्पनीले जनाएको छ ।