चितवन। अमेरिकाको मेरिल्यान्डमा एक नेपाली पुरुष मृत भेटिएका छन्।
न्युज अनलाइन नेपयोर्कका अनुसार, अपर मार्लबोरोस्थित आफ्नै कोठामा ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन्।
उनी सन् २०१५ यता अमेरिका बस्दै आएको उक्त अनलाइनले उल्लेख गरेको छ। मृत्युको कारण भने खुलेको छैन।
उनी चितवन भरतपुरका हुन् । केही वर्षअगाडि टेक्ससमा लुटेराको आक्रमणबाट बच्न सफल भएका थिए। सन् २०१९ मा उनी मस्तिष्कसम्बन्धी रोगबाट पीडित भएका थिए। ६ महिना उनले बेडरेस्ट गर्नुपरेको थियो।
उक्त अनलाइनका अनुसार उनी चाँडै नेपाल आउने तयारीमा थए। प्रधानको शव नेपाल पठाउन गोफन्डमी अभियान सुरु गरिएको बताइएको छ।