चितवन । रत्ननगर वडा नं १४ स्थित जनदया माविमा अध्यायन गर्ने विपन्न समुदायको शिक्षाका लागि शनिबर शैक्षिक सहयोग गरिएको छ । सोही वडामा रहेको एसवाई प्यानल नेपाल लि. चितवनले सो विद्यालयमा रहेका २३० जना पोसाक झोला, कापी, कलम सहयोग गरेको कम्पनीका निर्देशक अनिल सापकोटाले जानकारी दिए ।
विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, कम्पनीका प्रबन्ध निर्देशक लि हवाछुन, निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठले विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी पन्तलाई विद्यालय पोसाकको पिस कमडा हस्तान्तरण गरेका थिए ।
सो अबसरमा कम्पनीका प्रबन्ध निर्देशक हवाछुनले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि सहयोग गरेको बताए । कम्पनीले नाफाको केही प्रतिशत हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको भन्दै उनले कम्पनीको सेवा क्षेत्र भित्रका विपन्न नागरिकको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बताए ।
वडाध्यक्ष होमनाथ रानाभाटले विपन्न समुदायका बालबालिकाहरुको शिक्षाका लागि एसवाई प्यानलले गरेको सहयोग ठिक ठाउँमा रहेको भन्दै सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधार गर्न शिक्षक जिम्मेवार हुनुपर्ने बताए ।
निर्वतमान वडाध्यक्ष श्रेष्ठले बालबालिकाको शिक्षाको लागि अभिभावकको चासो र शिक्षण सिकाइमा शिक्षकले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । पिठुवाको भूमिमा सञ्चालनमा रहेर एसवाई प्यानलले रोजगारी र्सिजनासंगै स्थानीय बालबालिकाको लागि शिक्षामा सहयोग गर्दै आएको भन्दै कम्पनीले गरेको कामको खुलेर प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विक्रम बहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालयका शिक्षक हरि खबासले सञ्चालन गरेका थिए ।
आठ बर्ष चितवनमा स्थापना भएको कोरियन कम्पनीको एसवाई प्यानलले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । चितवनमा उत्पादिन सामग्री भरत समेत निर्यात गर्न थालिएको कम्पनीका महाप्रबन्धक छोइ दोङ इलले जानकारी दिए ।