भरतपुर । चितवनकाे भरतपुरमा बाघले घरमा पालेकाे कुकुर र बाच्छीलाइ अक्रमण गरेकाे छ । अाइतबार बिहान साढे २ बजे भरतपुर १३ गंगानगर बस्ने बसन्तराज घिमिरेको जस्ताले छाएको गोठमा रहेको जर्सि गाईको बाछिलाई बाघले आक्रमण गरेकाे हाे ।
बाघले बाच्छीकाे घाँटीको दाँहिने साईड कोतरेकाे बताइएकाे छ ।बाघकाे अक्रमणमा परी बाच्छी घाइते भएकाे छ ।
यस्तै साेही ठाउँमा बाघले घरपालुवा कुकुरमाथी पनि अक्रमण गरेकाे छ । स्थानिय नारायण न्यौपानेको घरमा पालेकाे कुकुरलाई बाघले खाएकाे चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बिहान साढे ६ बजेको समयमा भरतपुर १३ कालिबहादुर चोक नजिकै बाघ आएको भनेर स्थानियले खबर गरेका थिए । उक्त बाघ बिहान ७ बजेको समयमा तारबार नाघि जङ्गल तर्फ गएकाे बताइएकाे छ ।