तनहुँ। पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।
यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।