चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही भदौ ८ (अगष्ट २४) गते अष्ट्रेलियाजाने विद्यार्थीको शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीको लागि २०२५ को इन्टेकलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो ।
हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला गर्न लागिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।‘ हामीले प्राय हरेक ६ महिनामा एजुकेशन गर्छौं, यो फेयर अलिकति फरक छ ’ प्रबन्धक पौडेलले भने ।
पछिल्ला समय अष्ट्रेलियन सरकारले भिषाको पोलिसी,मापदण्डमा केही कडाई गरेको बताउंँदै पौडेलले हालको त्यहांँको अवस्था अवसर र चुनौतिको बारे विद्यार्थीले युुनिभर्सिटीका प्रतिनिधि संँग जिज्ञासा राख्न सक्ने बताए । शनिबार मेलामा अष्ट्रेलियाका प्रख्यात केही युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफरलेटरमा सहजीकरण लगायतका बिषयमा सहभागी विद्यार्थीलाई मदत पुग्ने पौडेलको भनाई छ ।
‘यो फेयरमा हालसम्म बिशेषगरी कर्टिन युनिभर्सिटी, ल्याट्रब युनिभर्सिटी, युटीएस युनिभर्सिटी, वेष्टर्न सिड्नी युनिभर्सिटीका प्रतिनिधिहरु आउने फिक्स भयो, अरु युनिभर्सिटीका हेरौं के हुन्छ ’ प्रबन्धक पौडेलले भने ।
ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहने उनले बताए ।
ग्लोबल रिचले अष्ट्रेलियाका ४२ वटा युनिभर्सिटी तथा कलेजसंँग सम्बन्धन लिई परामर्श दिदै आएको छ ।
भरतपुर ओरालोको रोटरी भवन आफ्नै कार्यालय परिषरमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी हुनेछन । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए ।
ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन ।