जुम्ला । जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका २ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो ।
मुगु छायानाथ नगरपालिका १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका ४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यता महोत्तरीको लोहारपट्टी नगरपालिका ५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । बलबा नगरपालिका ११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ