काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे समीक्षा भइरहेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म ३० जना नेताहरूले आ–आफ्ना विचार राखिसकेका छन् । आज १४ जना नेताहरूले धारणा राखिसक्ने र बुधवार अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने उपाध्यायले बताए । यसअघि बोल्ने अधिकांश नेताहरूले पार्टीको नीति र नेतृत्वको खुलेर आलोचना गरेका थिए ।