चितवन । पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको राप्ती नगरपालिका–५, स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० जना यात्रु घाइते भएका छन् ।
आज विहान करिव २ः३५ बजेको समयमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक ठोक्किदा बसमा सवार १० जना घाइते भएका हुन् ।
घाइते मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन, बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ बस्ने बर्ष ४० का सन्तोष कुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका–२ बस्ने बर्ष ३५ का निर कुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।