सिरहा। सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका स्थानीय बासिन्दाले पूर्व-पश्चिम सडकको चोहर्वा खण्ड अवरुद्ध गरेका छन् । हिजो (मंगलबार) राती बिना सूचना विद्युत आपूर्ति बन्द गरी नागरिकलाई सास्ती दिएको भन्दै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
गोलबजार ७, ८ र १० लगायतका बस्तीहमा नेपाल विद्युत प्राधिकरणले बिना सूचना पछिल्लो चार दिनदेखि विद्युत काटेको र सुचारु गर्न पटकपटक आग्रह गर्दासमेत बेवास्ता गरेपछि स्थानीयले राती ८ बजेदेखि एक घण्टा टायर बालेर सडक अवरुद्ध गरेका थिए ।
स्थानीय किशोरी यादवले बस्तीमा विद्युत आपूर्ति बन्द भएपछि गोलबजार र मिर्चैया शाखाका कर्मचारी र प्रमुखलाई पटक–पटक जानकारी गराए पनि वास्ता गरेको बताए । उनले भने ‘गर्मी र वर्षाको समयमा साहै्र कष्ट भएपछि दवाब दिन चक्काजाम गरिएको हो ।’उनका अनुसार रोकिएको विद्युत आपूर्ति सुचारु गर्न प्राधिकरणसँग समन्वय गरी पहल गर्ने गोलबजार प्रहरीको प्रतिबद्धतापछि अवरुद्ध सडक खोलिएको हो ।