चितवन। चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४१ हजार बढी सवारी कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्गन गर्ने ४१ हजार नौ सय ९८ सवारीलाई कारबाही गरेको जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढि कार्यपत्र साथमा नभएको कसुरमा ९ हजार २ सय २ वटा सवारी साधन कार्वाहीमा परेका थिए। यस्तै ओभरलोड (क्षमता भन्दा बढि यात्रु तथा क्षमता भन्दा बढि लोड ) कसुरमा ६ हजार १ सय , सवारी चालक अनुमतिपत्र नभएको ३ हजार ८ सय ४४, सिटबेल्ट, हेल्मेट नलगाएका २ हजार ७ सय ९१, सिटमा क्षमता भन्दा बढि यात्रु बोक्ने २ हजार ४ सय ९७ लाईटको अबस्था ठिक नभएको १ हजार १ सय ९३, सवारी इजाजतपत्र नभएको ६ सय ४७ ,प्रयोजन विपरीतको ५ सय ७९, लगेज र मानिस छतमा राखेको ३ सय ९०, तिव्रगतिमा चलाउने १ हजार ५ सय ६५ , मापसेको १ हजार २ सय १९ र अन्य ११ हजार ९ सय ७१ सवारी कारबाहीमा परेका थिए।
यस्तै कारबाहीमा परेका सवारीबाट पछिल्लो आर्थिक वर्ष ३ करोड ७ लाख ६७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको थियो । अन्य वर्षको तुलनामा गत वर्ष राजश्व संकलन बढेको ट्राफिक प्रहरीले जनाएको छ।
तथ्यांक अनुसार कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढि मोटरसाइकल देखिन्छ । १४ हजार आठ सय ३३ वटा मोठरसाइकल रहेको छ भने ८ हजार २ सय २४ जिप,कार छन्। त्यस्तै ५ हजार आठ सय ८३ वटा टेम्पो र अन्य, ६ हजार चार सय ३९ वटा ट्रक, टिपर , ५ हजार तीन सय ५९ बस, माईक्रो र १ हजार दुई सय ६० टेक्टर कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७९/०८० मा ४० हजार छ सय ६४ सवारीलाई कारबाही गरेको थियो । भने ३ करोड ४५ लाख ३८ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन पनि गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक सुरेस सुबेदिले पछिल्लो समय चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको बताउछन्। “ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ”, उनले भने ।