काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–१७ ढल्कुमा हिजो दुई समूहबीच भएको झडपमा परी एक जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार लागेर ढल्कु पोडेटोलका ३३ वर्षीय अनित पुजारीको ज्यान गएको हो ।
झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको अभियोगमा पोडेटोलका सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।