चितवन । चितवन जिल्लामा सडक दुर्घटनाको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्षको तुलानामा पछिल्लो आर्थिक वर्ष दुर्घटनाको संख्या वृद्धि भएको पाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनको तथ्यांकअनुसार चितवनमा पछिल्लो आर्थिक वर्षभरिमा भएका साना तथा ठुला गरि ४ सय ४५ सवारी दुर्घटना हुँदा एक सय १५ जनाको मृत्यु भएको छ, भने १सय ५० जना गम्भीर र ६ सय ८२ जना सामान्य घाइते भएका छन् ।
तथ्याङकअनुसार सबैभन्दा बढि सवारी दुर्घटना हुनेमा मोटरसाइकल देखिन्छ। सोही अवधिमा ३ सय ६० मोटरसाइकल दुर्घटनामा परेका छन् भने ८३ वटा जिपकार ,५५ वटा ट्रक /टिप्पर, ५२ वटा बस,५८ वटा शा.स चल्ने ,२५ वटा टेम्पो,७ वटा माईक्रो ,१२ वटा ट्रयाक्टर , ६ वटा टिपर र५ वटा अन्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७९/०८० मा ३ सय ३ वटा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका थिए, भने १ सय ७० जना गम्भीर तथा चार सय ११ जना सामान्य घाइते भएका थिए ।
ठुला ठुला फराकिलो सडक निर्माण भएपनि चालकको लापरबाही र ओभर स्पीडको कारण अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक सुरेस सुवेदिले बताएका छन् ।
सुवेदीका अनुसार चितवनमा हाईवेमा भन्दा भित्री सडकमा बढि दुर्घटना हुने गरेका छन्। त्यसमध्ये २० देखि २५ प्रतिशत दुर्घटनामा पैदल यात्रुको लापरबाही पनि रहेको सुवेदीले जानकारी दिएका छन्।