सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षातका कारण घर भत्किँदा एक किशोरी घाइते भएकी हुन् ।
वर्षातका कारण घर भत्किँदा स्थानीय खम्म बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् । घर भत्किएर बालिका च्यापिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ ।
उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।