चितवन । बिजुली नहुँदा अक्सिजनको अभावमा बार्षिक एक करोड बढी रुपैंयाको माछा नोक्सानी सहँदै आएका माडी गोपालनगरका किसानहरुको पोखरीमा अन्ततः बिजुली पुगेको छ । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्र र माडी प्रशाखाले माडी-७, गोपालनगरस्थित माछापोखरी क्षेत्रमा ११ पोल गाडेर बिजुली बिस्तार गरेको हो ।
पोखरीसम्म बिजुली पुगेसंगै अब सहजरुपमा पानीमा अक्सिजनको मात्रा बढाउने मेसिन चलाउन सकिने भएको र यसबाट आफूहरुलाई निकै राहत पुगेको एक माछा उत्पादक कृषक हरि रानाभाटले बताउनुभयो ।
गोपालनगरका माछा उत्पादक कृषकहरुले बार्षिक २५ करोड बढी रुपैंयाको माछा विक्री गर्दै आएका छन् । गोपालनगर लगायत माछापालन हुनेगरेका माडीका अन्य क्षेत्रमा चालू आ.व.मा बिजुली बिस्तार गरिने प्राधिकरणको चनौली वितरण केन्द्रले जनाएको छ ।