चितवन। पछिल्लो चौबिस घन्टामा चितवनमा अति भारी वर्षा मापन भएको। चितवन माडीको गोविन्दवस्तीमा २१८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै शक्तिखोरमा ९४.२ मिलमिटर वर्षा भएको छ।
पाल्पाको बल्ड्याङगढीमा पनि पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। त्यहाँ २४ घन्टामा १२८.६ मिलिमिटर पानी परेको छ।
सिन्धुपाल्चोकमा पनि धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो चौबिस घन्टामा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ।
त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ।