काठमाडौ । बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन् ।
नेपाल सुनचाँदी महासङ्घका महासचिव डम्बरसुुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । उनले भने, “कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको त्र्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ ।”
बजारमा सुनको माग नहुुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ । वाणिज्य बैङ्कहरूले सुुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् ।
नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ ।