चितवन। चितवनबाट वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।