चितवन। चितवनको भरतपुर महानगरपालिकालाई निकट भबिष्यमा सुचना प्रविधि(आइटी हब र आइटी पार्क)को रुपमा विकास गरिने भएको छ । बढ्दो शहरीकरण र जनघनत्वलाई मध्यनजर गर्दै डिजिटल प्रविधिलाई आम नागरिकको हात हातमा पुर्याउने उद्वेश्य अनुरुप भरतपुर महानगरपालिकालाई निकट भबिष्यमा आइटी हब र आइटी पार्कको रुपमा विकास गरिने भएको हो ।
बुधबार भरतपुर २२ पटिहानी स्थित होटल सोल्टीमा usaid trade and competitiveness को सहकार्यमा भरतपुर महानगरले आयोजना गरेको आइटी हब सम्बन्धि सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत कार्यक्रममा भरतपुर महानगरपालिकालाई निकट भविष्यमा आइटी हब र आइटी पार्कको रुपमा विकास गरिने भएको छ ।
usaid trade and competitiveness का निर्देशक सुदिप भजुले भरतपुरलाई आइटी हव र आइटी पार्क बनाउने आधारहरु प्रशस्तै रहेको बताउनुभयो । यो महानगर समृद्ध र शक्तिशाली पनि छ निर्देशक भजुले भन्नुभयो,निकट भविष्यमा भरतपुर महानगर आइटीको क्षेत्रमा अब्बल सावित हुनेछ । महानगरपालिकालाई आइटी हबको रुपमा विकास गर्न सकेको खण्डमा विकास निर्माण देखि तल्लो स्तरका नागरिकहरुले राज्यको सेवा तथा सुविधाका बारेमा घर घरमा बसेर जानकारी पाउनेछन् । अहिले नेपालको हकमा काठमाडौ महानगरपालिकालाई मात्रै आइटी हवको रुपमा चिनिन्छ यधपी काठमाडौ पनि घोषित आइटी हव भने होइन भजुले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा डेलोइट इन्डियाका निर्देशक कार्थिक अपादुराइले सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रतिवेदनमा भरतपुर महानगरपालिका भविष्यमा आइटी हवको रुपमा बिकास हुनलाइ कुनै समस्या नरहने उल्लेख छ ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले पाहुना तथा बिज्ञहरुलाइ स्वागत गर्नुभएको थियोे ।
नगर उप प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइटी क्षेत्रका बिज्ञहरु,वडा अध्यक्षहरु,निजी क्षेत्र तथा भरतपुर भित्र सन्चालनमा रहेका आइटी कलेजका प्रतिनिधिहरुले विभिन्न मापदण्डहरु बनाएर,सुझावहरु सकलन गरेर र महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर निकट भविष्यमा महानगरलाइ आइटी हव र आइटी पार्कको रुपमा विकास गर्नुपर्ने राय तथा सुझाव दिएका छन् ।