चितवन।नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आँफु सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले पार्टीको १४ औं महाधिबेशनमा आँफु सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो “हैन म कहाँ व्याक हुन्छु ? मत उठ्नेनै प्रयत्न गर्दै छु ।” पार्टीको महाधिबेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आए पछि बन्ने भन्दै उहाँले आँफु सभापतिको उम्मेदवारबाट पछि नहटेको वताउनुभयो ।
जिल्लाहरुमा काङ्ग्रेसको अधिबेशन चलि रहेको समयमा कार्यतालिका संसोधन गर्नु बाध्यता रहेको उहाँको भनाई थियो । क्रियाशिल सदस्यता बिबाद अझै २१–२२ जिल्लामा कायमै रहेको भन्दै उहाँले यो बिबाद मिलाउनका लागि कार्यतालिका संसोधन गरिएको बताउनु भयो । क्रियाशिलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले जानकारी दिनुभयो ।
फरक प्रसंगमा बोल्दै महामन्त्री कोइरालाले कम्युनिष्ट उत्सृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसदमा भएको घटनाले पुष्टि गरेको बताउनुभयो । बिपक्षिको धर्म बिरोध गर्ने भए पनि हिजोको घटनाले संसदको गरिमामाथि आँच आउने काम भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “उत्सृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।” पावरकै भरमा दम्भ देखाउन खोजेको उहाँको आरोप थियो ।