काठमाडौं, २६ भदौ
आज सेप्टेम्बर ११ । २० वर्ष सन् २००१ मा अमेरिकामा भएकाे आतंकवादी हमलालाई ‘९/११’ चिनिन्छ ।
आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काइएका थिए । याे हमलमा न्यूयोर्कस्थित ट्विन टावर ध्वस्त भयाे । ‘आतंकवादी’ हमलामा ३ हजार ३३८ ले ज्यान गुमाएका थिए ।
त्यसपछि अमेरिकाले ‘वार अन टेरर’ नामक आतंकवादविरुद्ध अभियान’ नै सुरु गरेकाे थियाे ।
आक्रमणको एक महिना नबित्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए । सन् २०११ मा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो।
११ सेप्टेम्बर हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन्।
आफ्नो देशमा हमला भएपछि अमेरिकाले विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना गरेको थियो ।