चितवन । भरतपुर महानगरपालिका वडा नं २७ को कार्यालयले क्लिनिक नेपाल मेघौलीको सहकार्यमा सिसौघारीका १०० घरपरिवारको स्वास्थ्य बिमा गरेको छ ।
सिसौघारी टोलका ७८ घरधुरी र क्लिनिक नेपाल मेघौलीको छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूका अभिभावकहरूलाई सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराइएको हो ।
भरतपुर–२७ का वडा अध्यक्ष राम बहादुर भण्डारीका अनुसार क्लिनिक नेपाल मेघौलीको आर्थिक सहयोगमा अति विपन्न र दिर्घ रोगका विरामी भएको परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा गरिएको हो ।
आगामी आर्थिक वर्षमा अन्य टोलका विपन्न र दिर्घ रोगका विरामी भएको घरपरिवारमा पनि स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।