चितवन । कालिका च्याउ पकेट वडा न. २ ले च्याउखेतीकोे प्रवद्धर्नका लागि कृषि सामग्री वितरण गरेको छ । नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमको विशेष उपस्थितीमा कृषि सामग्री वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको च्याउ पकेट निरन्तरता कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को बजेट अन्तर्गत १२ लाख रुपैयाँ मूल्य बराबरको कृषि सामग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख लक्ष्मण पौडेलका अनुसार प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनावाट ६ लाख रुपैयाँ र सम्बन्धित किसानवाट ६ लाख रुपैयाँको लागतमा कृषि सामग्री खरिद गरि वितरण गरिएको हो ।
कालिका नगरपालिकाको आर्थिक सहयोगमा स्टिम बोइलरसेट १ थान, कन्डेसर मोटर १ थान, ११ सय ५५ किलो प्यालिष्टक, ३ वटा डिजिटल तराजु, बफाइने ड्रम १ वटा, ५ सय लिटरको हिल ट्याकी १ थान, पानी तान्ने मोटर १ वटा, स्प्रे ट्याकी ९८ वटा च्याउ ढुवानीका लागि ४ थान रिक्सा, ठेल गाडा ६ थान सामग्री वितरण गरिएको हो ।