ओमान (मस्कट) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल इमिरेट क्रिकेट मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले आफ्नो छैटौँ विकेट गुमाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेटको रुपमा सेसे बाउलाई बोल्ड आउट गराएका हुन् । केसेबाउले ११ रन बनाए ।
यसअघि नेपालका लागि सन्दीपनेले लगातार दुई विकेट लिएका थिए । उनले चौधौँ ओभरको चौथो बलमा किपलिन डोर्जीलाई ४ रनमा एलबीडब्लू आउट गराए । यसअघि सन्दीपले १२औँ ओभरको दोस्रो बलमा कार्लस ओमिनीलाई क्याच आउट गराएका थिए ।
ओमिनीले पीएनजीका लागि १६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको थियो ।