बारा । बारामा अज्ञात समूहले रामराजा मोहन बिक्रम क्याम्पस कलैयाका प्रमुख हरिभुषन कुसवाहालाई गोली प्रहार गरि घाइते बनाएको छ ।
गाउँको घर खजुरियाबाट मोटरसाइकलमा कलैया जाँदै गरेको अवस्थामा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा गाउँदेखि दक्षिणमा रहेको लागहासनमाईको मन्दिर अगाडि करिब साढे ५ बजेको समयमा अज्ञात समूह दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले अगाडिबाट रोकी पिठयुमा १ राउण्ड गोली प्रहार गरि घाइते बनाएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
गोली प्रहारबाट कुसवाहा गम्भीर घाइते भएको र निजलाई परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुयरीमा रहेको न्युरो हस्पिटलमा उपचारका लागि तत्कालै एम्बुलेन्समा राखी पठाइएको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो ।
गोली प्रहार गर्ने व्यक्तिहरूको व्यापक सुरक्षा परिचालन गरि खोजतलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभएको हो । कसले किन गोली हानेको हो भन्ने विषय अहिले नखुलेको र अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो ।
करिब ५३ वर्षीय कुसवाहा लामो समय देखि क्याम्पसमा पढाउँदै आउनु भएको थियो ।