चितवन । चितवनमा अत्याधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले ६ दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाले जेठ १८ गतेसम्मका लागि विद्यालय बन्द गरेको हो ।
अत्याधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीहरु फेन्ट हुने समस्या आएपछि विद्यालयमा विदा दिईएको रत्ननगर नगरपालिका शिक्षा शाखा प्रमुख नारायण वाग्लेले बताउनुभयो । उहाँले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो अभिभावकहरुले गरेपछि केही दिनका लागि विदा दिएको बताउनुभयो ।