काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशको पहाडी भूभागका स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी र सुदुरपक्षिम प्रदेशलगायत देशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि शनिबार दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदुरपक्षिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार राती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मेघगर्जन चट्याङ्ग हावाहुरीसहित बर्षा र हिमपातको सम्भावना भएको स्थानमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।