चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं–११, विश्वासटोलमा गैँडाको आक्रमणबाट एक बालक घाइते भएका छन् । घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि गैँडाले आक्रमण गरी रत्ननगर–११ बस्ने ११ वर्षीय दिपेश सुनार घाइते भएका हुन् ।
पेट, हात र ढाडमा चोट लगेका बालकको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आमा शर्मिला सुनार संलग्न रहेको चितवन प्रहरीले जनाएको छ ।