चितवन। आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि चितवनको इच्छाकामना गाउँपालिकाले राय सुझाव मागेको छ । बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले राय सुझाव मागेको हो ।
गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सबै पक्षको सल्लाह सुझाव अपरिहार्य भएकोले राय सुझाव मागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार जेठ १६ गतेसम्म राय सुझावको हार्डकपी सोझै गाउँपालिकामा वा वर्ड फाईल गाउँपालिकाको इमेल आईडिमा पठाउन सकिनेछ ।