चितवन। भरतपुर महानगरपालिकाले आज बुधबारबाट सार्वजनिक सवारीका साधनहरूमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गर्न शुरु गरेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि भरतपुर महानगरपालिकाले वडा नं. ९ स्थित केन्द्रीय बस टर्मिनलमा एक कार्यक्रमको आयोजना गरि स्टिकर टाँस गर्न शुरु गरेको हो । भरतपुर भएर चल्ने लामो तथा छोटो दुरिका सबै सार्वजनिक सवारीसाधनहरुमा स्टिकर टास्न शुरु गरेको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सार्वजनिक सवारीका साधनमा स्टिकर टाँस गरेर कार्यक्रमको शुरुवात गर्नुभएको हो ।
केन्द्रीय बस टर्मिनल सगै वडा नं. १ र ३ को सिमानामा पर्ने पुल्चोक तथा वडा नं. १ को नारायणगढ बसपार्क (पोखरा बसपार्क) लगाएतका स्थानहरुबाट पनि स्टिकर टास गर्न शुरु गरिएको छ नगर उप प्रमुख अधिकारीले भन्नुभयो,यो शुरूवात मात्रै हो यसलाइ महानगरले अभियान कै रुपमा लैजान्छ । बिश्व कै ध्यान अहिले भरतपुर महानगरपालिकामा केन्द्रित छ उहाँले भन्नुभयो भरतपुर भ्रमण बर्षलाई सबै पक्षले निकै अर्थपूर्ण रुपले हेरेका छन् । “हामीले भ्रमण बर्षलाई ऐतिहासिक बर्षका रुपमा लिएका छौ,आन्तरिक तथा बाहिय पर्यटकहरुले सम्झन र चर्चा गर्न लायकको महानगर बनाउने छौ”उप प्रमुखको भनाइ छ ।
आज एकै दिनमा लामो तथा छोटो दुरिका सयौ सार्वजनिक सवारीमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गरिएको छ नगर प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालले भन्नुभयो,यो अभियानलाई हामी निरन्तर रुपमा अगाडी बढाउने छौं । समृद्ध महानगर निर्माणमा यो अभियानले खास टेवा पुर्याउने हुँदा यसलाइ भरतपुर महानगरले गौरवको अभियानका रुपमा लिइएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ९ का कार्यबाहक अध्यक्ष कोपिला दुरा,सामान्य प्रशासन महाशाखाका प्रमुख उपेन्द्रराज पौड्याल,कृषि महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल,योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल,पर्यटन बिज्ञ सल्लाहकार बिश्व सुवेदी,जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदी,होटल ब्यबसायी महासघका अध्यक्ष दिनेश कुमार चुके,होटल ब्यबसायी सघ चितवनका अध्यक्ष कृष्ण प्रसाद भट्ट लगाएतको उपस्थिति रहेको थियोे ।