चितवन । माडीमा चितवन रास्ट्रिय निकुञ्जभित्र फल्ट भएको केबल मर्मत गरी बिजुली सुचारु गरेको केहि घण्टामै पुनः विद्युत अवरुद्ध भएको छ ।
सोमबार राती फल्ट भई मंगलबार साँझबाट सुचारु भएको बिजुली मंगलबार रातीबाट पुनः अवरुद्ध हुनगएको हो ।
चनौली जगतपुर माडी ३३ केभी सब प्रशारण लाइन अन्तरगत चितवन राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर भूमिगत केबुल बिछ्याइएकोमा पटक पटक समस्या आउने गरेको हो ।
केबुल मर्मतका लागि फल्ट एलोकेटर मेगर भ्यानसहितको टोली निकुञ्ज खण्डमा खटेको नेपाल विद्युत प्राधिकरणको माडी प्रशाखाले जनाएको छ । दिनभर मर्मत गरेपनि राती पुनः केबुल पञ्चर भएसंगै आफूहरु समेत हैरान भएको प्रशाखाका कर्मचारीहरुको गुनासो छ ।
निकुञ्जभित्र बैंकल्पिक केबुल बिछ्याउन पुरक वातावरणीय प्रभाव मुल्यांकन लगायतका प्रक्रिया अगाडि बढी ठेक्काको प्रक्रिया चलेको भनिएपनि भौतिक काम सुरु हुन लगातार ढिलाई हुँदा माडीका बिजुली उपभोक्ताहरुले हैरानी व्यहोर्नु परिरहेको छ । बिजुली अवरुद्ध हुँदा दैनिक जनजीवन, उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चार माध्यम लगायत सबै क्षेत्र प्रभावित भएका छन् ।स्वदेश एफएमको सहयोगमा