चितवन । पूर्व शिक्षक तुलसी पण्डितको वालकथा सङ्ग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ । तीन दशकसम्म शिक्षकका रुपमा रहेर अध्यापन गराउनु भएका भरतपुर १३, चम्पानगरका पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्य सहित बालकथा प्रकाशन गर्नु भएको हो। १८ वटा कथा रहेको पुस्तकमा शब्दसँगै चित्रहरूमा बगेका छन् ।
पुस्तकको भरतपुर १३ मा रहेको एक मात्र साहित्यको संस्था नवसाहित्य मञ्जरीले एक औपचारीक कार्यक्रमको आयोजना गरेर सार्वजनीक गरेको थियो ।
पण्डितको पुस्तकमा सफल, उड्ने जहाज, जिल्ल, नक्कल एलियनको प्रश्न, सिबे, पलायन, मेहेनतको फल, अन्तरिक्ष, आहा ! क्या मिठास, गुरु, भाग्य, कानको मुन्द्री, सम्मान, खुत्रुके, प्रेरणा, प्रहरी नायब निरीक्षक र ज्वाला शिर्षकका कथाहरु छन् ।
कथासङ्ग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको पण्डितले बताए । उनका अनुसार कथाहरुमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरता जस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन् ।
साहित्यकार तुलसी पण्डितको यस अघि तीजको सौगात (गीतसङ्ग्रह), तुलसी रस (कवितासङ्ग्रह), लोकगीत मञ्जरी (गीति कवितासङ्ग्रह), तुलसीपत्र (कवितासङ्ग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरङ्ग –गीति कवितासङ्ग्रह ) प्रकाशनमा छन् ।