चितवन। भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडी बढाउन सस्थागत र सामुदायिक विद्यालयहरुलाइ आग्रह गर्नुभएको छ ।
आधारभुत बिद्यालय सुन्दरवस्ती भरतपुर १४ को ५६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई बिहिवार भरतपुर १४ सुन्दरवस्तीमा सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले शैक्षिक सत्र शुरु भइसकेको उल्लेख गर्दै यस महान अभियानमा एकजुट भएर लाग्न सबै बिद्यालयहरुलाइ आग्रह गर्नुभएको हो ।
शैक्षिक सत्रको नाममा तछाडमछाड हुने गरि अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि बिद्यालयहरुलाइ निर्देशन दिनुभएको छ । विद्यालय उमेर पुगेका तर विद्यालय बाहिर रहेका सबै विद्यार्थीहरुलाइ विद्यार्थी भर्ना अभियानमा जोडन आबश्यक छ उहाँले भन्नुभयो,”म छुटेको छैन”भन्ने नारालाइ अगाडी सारेर अभियानमा लाग्न सबैमा मेरो अनुरोध छ ।
भरतपुर महानगरपालिकाले शिक्षामा ठुलो लगानी गरेको बताउदै नगर उप प्रमुख अधिकारीले सामुदायिक बिद्यालयमा विद्यार्थी भना गरेर विद्यार्थी सख्या बढाउन ढिला भइसकेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उप प्रमुख कल्पना सापकोटा,भरतपुर १४ का अध्यक्ष राजेन्द्र शाखी,कार्यपालिका सदस्य बिष्णु बहादुर भुजेल,बुद्धिजीवी सन्तराम महतो,बिशिस्ट चन्दादाता टेक बहादुर जिसि लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । भरतपुर १४ मा ४ वटा सामुदायिक बिद्यालय छन् ।
कार्यक्रममा विभिन्न बिधामा छात्रवृत्ति बितरण गर्नुका साथै उत्कृष्ट असल अभिभावक पुरस्कार,उत्कृष्ट शिक्षिका पुरस्कार,उत्कृष्ट शिक्षक पुरस्कार र विविध सास्कृतिक कार्यक्रम पनि गरिएको थियोे । सास्कृतिक कार्यक्रममा गायिका अपेक्षा गिरिले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिकाअध्यक्ष खिमलाल भट्टको अध्यक्षतामा सम्पन्न भएको थियोे ।