चितवन। भरतपुर महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर ल्याएको छ । सडक कालोपत्रे गर्दा धुलो नउडोस भनेर ब्रुमर (यान्त्रिक कुचो) ल्याएको महानगरपालिकाले जनाएको छ ।
बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिहरुले भरतपुर महानगरका प्रमुख तथा उप प्रमुखलाई ब्रुमरको चापी हस्तान्तरण गरेका हुन् ।
आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलक कुमार श्रेष्ठका अनुसार रु ८४ लाखमा ब्रुमर काठमाडौबाट भरतपुर ल्याइएको हो । भरतपुर महानगरपालिकाले ब्रुमर ल्याउने कामको आजबाट शुरूवात गरेको छ श्रेष्ठले भन्नुभयो,ब्रुमर आएपछि अब महानगर धुलो रहित बन्नेमा हामी बिश्वस्त छौ ।
ब्रुमर आएपछि भरतपुरको सडक तथा आकाश धुलोमुक्त हुने महानगरपालिकाले दाबि गरेको छ । सहर सफा गर्न मानवस्रोतले नभ्याएको अवस्थामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपरेको महानगरको भनाइ छ।’
ब्रुमर आएपछि महानगरको धुलो कम हुने महानगरको दावी छ । ब्रुमर आए सगै अब भरतपुर स्मार्ट सिटीको अवधारणामा गएको छ।