काठमाडौं । सत्तारूढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले एमालेलाई ‘संसद हत्यारा’को संज्ञा दिएकी छन् । बुधबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद्का ‘हत्यारा’हरूले गैराजनीतिक चरित्र देखाएको बताइन् ।
“संसद्का हत्यारा र त्यसका मतियारहरूले संसद् बचाउन निरन्तर लाग्नेहरूलाई यो आरोप लगाउनु आफैँमा हास्यास्पद छ । यो स्तरहीन प्रदर्शन, स्तरहीन लोकतान्त्रिक अभ्यास र स्तरहीन चरित्रमा खासै प्रतिक्रिया दिन पनि मन छैन । उहाँहरूले आफ्नो औकातअनुसारको चरित्र प्रदर्शन गर्नुभएको छ,” उनले भनिन् ।