काठमाडौँ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले एमालेलाई राष्ट्रिय सभाकाे निर्वाचनमा नसमेट्दै गठबन्धनबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।
सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
माघ ११ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले पनि सहभागी हुनेबारे यसअघि छलफल भए पनि अब एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने भएको छ ।