चितवन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले मुलुक चौतर्फी संकटमा फसेको बताएका छन् । सो पार्टीको रत्ननगर नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा राजनीतिक अस्थिरताका कारण मुलुक आर्थिकमा फसेको बताए ।
आर्थिक मन्दीले सबै क्षेत्रमा संकट उत्पन्न भएको भन्दै नेता भूषालले आर्थिक संकटको सामधान गर्ने तर्फ बर्तमान सरकार गम्भिर हुनुपर्ने बताए । उनले मुलुक राजनीति तथा आर्थिक रुपमा अफ्ठयारोमा परेको बताए । एमाले विभाजनपछि मुलुक संकटमा फसेको भन्दै नेता भूषालले अहिलेको सत्ताको बागडोर सम्हालेका दलहरुले पनि मुलुकलाई सही ठाउँमा ल्याउन नसकेको बताए । मुलुकलाई यो भन्दा अझै विग्रिन दिनुहुँदैन उनले भने अब ठुला दलहरु सचेत हुनै पर्छ । नेताहरुको भ्रष्ट सोचले ठुला राजनीतिक प्रति जनविश्वास घट्दै गएको भन्दै उनले पार्टी विभाजन र भ्रष्ट सोचका कारण मुलुक दलदलमा फस्न बाध्य भएको बताए ।
मुलुकमा अहिले एक तिहाई अर्थतन्त्र ध्वस्त रहेको भन्दै उनले तत्तकाल सरकारले अर्थतन्त्र सुधारको लागि नीतिगत सुधार गर्न आवश्यक छ । नेता भूषालले वर्तमान सरकारले अर्थतन्त्रको सुधार गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गरेर रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए । जनताले राजनीतिक स्थिरता खोजेको भन्दै उनले सरकार सुसासन स्थापित गर्ने तर्फ पनि केन्द्रीत हुनुपर्नेमा जोड दिए । जनताले राजनीतिक स्थिरता खोजेका छन् उनले भने त्यसका लागि समाजबादी पार्टीले सार्थक प्रयास गर्ने छ ।
नेता भूषालले एमालेमा व्यक्ति पुजा गर्ने प्रचलन हावी भएको बताए । एमालेको नेतृत्व अहिलेको व्यवस्था विरोधी रहेको भन्दै एमालेबाट देशले निकास पाउन नसक्ने बताए । पार्टी व्यक्तिप्रदान हुनुहुँदैन उनले भने एमालेमा व्यक्तिलाई पुजा गर्न थालिएको छ, त्यो पार्टीले जनताको हितमा काम गर्दैन । बागमाती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले पार्टीमा नेता तथा कार्यकर्ता आउने जाने विषय निरन्तर चलिरहने भन्दै त्यसले एकीकृत समाजबादीलाई असर नगर्ने बताए । एकीकृत जनतालाई सितलता दिने र मुलुकलाई विकासको उचाईमा लैजाने सोच भएको पार्टी हो उनले भने हामी जनताको आवश्यकता पहिचान गरी विकासलाई अगाडि बढाएका छौं ।
सो पार्टीका नगर कमिटी अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नगर सचिव इश्वरराज अधिकारीले सञ्चालन गरेका थिए । नगर कमिटी उपाध्यक्ष रामहरि अधिकारीले स्वागत मन्तव्य राखेका सो पोलिटव्यूरो सदस्य कृष्ण पन्त, कार्यक्रममा जिल्ला कार्यबहाक अध्यक्ष कृष्णराज न्यौपाने, जिल्ला कमिटी सचिवालय सदस्य विष्णु भण्डारी कट्टेल लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा एमाले निकट राष्ट्रिय युवा संघ रत्ननगर वडा नं ११ वडा कमिटीका अध्यक्ष रोशन तामाङ सहित ३१ जना युवाहरु एकीकृत समाजबादीमा प्रवेश गरेको सो पार्टीका युवा नेता पानस तामाङले जानकारी दिए ।
नेकपा एसको नगर इन्चार्जमा घिमिरे
रत्ननगर । नेकपा एकीकृत समाजबादी रत्ननगर नगर इन्चार्जको जिम्मेवारी बद्रिनाथ घिमिरेलाई दिइएको छ । सो पार्टीको नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे केही दिन अघि एमालेमा प्रवेश गरेपछि रिक्त रहेको नगर इन्चार्जको जिम्मेवारी घिमिरेलाई दिइएको हो । घिमिरे सो पार्टीको निर्वतमान नगर अध्यक्ष समेत हुन ।