चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्वी चितवनको कालिका नगरपालिकाको १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। वडा अधिवेशनअन्तर्गत कुल ११ वटा वडा रहेको नगरपालिकामा १० वटा वडामा सर्वसम्मत र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
वडा नं १ को सभापतिमा वाङ्जु शेर्पा, वडा नं २ को सभापतिमा जयलाल कँडेल, वडा नं ३ को सभापतिमा आनन्दराम चौधरी, वडा नं ५ को सभापतिमा नारायणप्रसाद भट्टराई र वडा नं ६ को सभापतिमा टीकाराम रेग्मी सर्वसम्मत चयन भएका हुन्। त्यसैगरी वडा नं ७ को सभापतिमा रामचन्द्र थापा, वडा नं ८ को सभापतिमा लेकबहादुर रानामगर, वडा नं ९ को सभापतिमा कुमलाल श्रेष्ठ, वडा नं १० को सभापतिमा डिल्ली चेपाङ र वडा नं ११ को सभापतिमा वकिल प्रजा सर्वसम्मत चयन गरिएका हुन्।
नडा नं ४ मा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। निर्वाचनमा प्रतिस्पर्धी विकेक दाहाललाई पछि पार्दै सभापतिमा कोमल श्रेष्ठ विजयी भएका छन्। कालिकामा कांग्रेसले ११ वटा वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ।