चितवन । भरतपुर महानगरपालिका–१६ भगेरीथानस्थित नारायणी नदी किनारमा नवजात शिशु (बालक)को शव फेला परेको छ ।
नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ७ महिनाको शिशुको शव बिहीवार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृह पठाइएको छ ।