चितवन। चितवन राष्ट्रिय निकुञ्जले जगंली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरी दाह्रा काटेको छ । हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडीयोकलर जडान गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरे संगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अब हात्तीको अबस्थाबारे जानकारी लिन सहज हुने छ ।” रेडीयोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रबेश गर्न लागेमा जानकारी गराउन सहज हुने छ । दाह्रा काटे संगै हात्तीले गर्ने क्षती कम हुने उहाँले बताउनुभयो ।
बिगत केही वर्ष यता शान्त रहेको ध्रुवे तिहार यता वस्तिमा पस्न थाले पछि निकुञ्जले त्यसलाई डार्ट गरि रेडीयो कलर जडान गरेको हो । रेडीयो कलर जडानका लागि निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजय कुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिक टोलि, पाँचवटा हात्ती परिचालन गरिएको थियो । यस हात्तीले बस्तिमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाध्ययन् नष्ट गर्ने जस्ता कामहरु गर्दै आएको तिवारीले बताउनुभयो ।
ध्रुवेले बिगतमा मानविय क्षतीसमेत गरेको थियो । यस हात्तीले अहिले सम्म २० जना भन्दा बढि मानिसको ज्यान लिइसकेको निकुञ्जले अनुमान छ ।