चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एम्बुलेन्स चालक संघको समस्या समधान गर्न अग्रसर रहने बताउनु भएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियनको भरतपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख दाहालले स्थानीय, प्रदेश र संघको समन्वयमा एम्बुलेन्स चालकका समस्याहरु समधान गर्न अग्रसर रहेको बताउनुभयो ।
प्रमुख दाहालले चालकलाई तालिम, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा कोषजस्ता विषयलाई समधान गर्न सबै तहसँग समवन्यकारी भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।
राजधानीपछिको मेडिकल सिटी भरतपुर भएकाले यहाँ प्राथामिक स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरेको उल्लेख गर्नुभयो ।
भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, दर्जनौ अस्पताल तथा वडागत रुपमा स्वास्थ्य चौकी सञ्चालनमा रहेकाले स्वास्थ्य सेवाको पहुँचमा रहेको प्रमुख दाहालले बताउनुभयो।
उहाँले एम्बुलेन्स चालकले प्राकृति आपत, विपद्, महामारीजस्ता समयमा विरामी तथा घाईतेको पक्षमा गरेको कार्यको उच्च प्रसंशा पनि गर्नुभयो ।
संस्थाका अध्यक्ष नवराज लामिछानेले प्रगति प्रतिवेदन गर्नु हुँदै अहिलेको कार्यकालमा पुरा नभएका काम आमागी नेतृत्वले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कानुन विद एकराज भण्डारी, पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्व श्रम रोजगार तथा यातयातमन्त्री घनश्याम दाहाल, वागतमी प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोस्रो राष्ट्रिय सम्मेलनले बिहिबार नै १७ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने संस्थाका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । संघमा ६४ जिल्लाका ६ हजार जना एम्बुलेन्स चालक आवद्ध रहेका छन् ।