चितवन । रत्ननगरमा छठ पर्व मनाउन तयारी व्यापक गरिएको छ । छठीमाई सेवा समिति रत्ननगरले वडा नं २ मा रहेको शिवालय मन्दिर परिसर आडैमा रहेको लौरीघोलको किनार (गैरीघाट) मा तयारीलाई व्यापक गराएको हो ।
समितिले छठपुजाको लागि उक्त स्थानलाई ध्वाजापतकाले सजाइएको छ । पुजा स्थललाई टेन्ट लगाएर सुरक्षित गरिएको समितिका अध्यक्ष कृष्णमुरारी सिंह ठकुरीले जानकारी जानकारी दिए । चार दिन सम्म मनाइने छठको आज र भोली मुख्य दिन हो । आज आइतबार अस्ताउदो र भोली सोमबार विहान उदाउदो सुर्यको पुरा गरी छठ सकिन्छ । गैरीघाटमा आज छठीमाईको पुजाको लागि ५०० बढी परिवारका सदस्यहरु उपस्थित हुने समितिका उपाध्यक्ष ओमप्रकास शाह कलवारले जानकारी दिए ।
छठ आस्थाको पर्व हो उनले भने यसलाई हामीले व्यापक बनाउदै छौं । समितिका सचिव ओमप्रकास गुप्ताले छठबर्षलाई हर्षउल्लासका साथ मनाउन तयारीलाई भब्य बनाइएको बताए । छठ पुजामा बर्तालुसंगै जनप्रतिनिधिहरु तथा समाजका अगुवाहरु समेत सहभागी हुने उनले जानकारी दिए । समितिका संरक्षक महेशप्रसाद रौनियारले २०२७ सालदेखि रत्ननगरमा छठ पर्व मनाउदै आएको भन्दै यसको महिमा बढ्दै गएको बताए । समितिका कोषाध्यक्ष ओमप्रकास रौनियारले सहयोय संकलन गरी छठ पर्वको तयारी गरिएको बताए ।
सूर्यको उपासना गरी मनाइने छठपर्व शुक्रबारदेखि विधिवत सुरु भएको हो । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन नहाय खाय हो । ब्रतालुले सो दिन स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो शनिबार ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् । तेस्रो दिन आज आइतबार छठ पर्वको मुख्य दिन हो ।
सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।