चितवन । चितवनको रत्ननगर वडा नं २ टाँडीमा रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको १५ बार्षिक साधारण सभा गरिएको छ ।
राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य केशबप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले बार्षिक कार्ययोजना, सचिव सुर्यप्रसाद लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक सन्दिप बर्राकोटीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ५ हजार ९९० जना शेयर सदस्य रहेको सो सहकारीले निरन्तर रुपमा आर्थिक उपलब्धी हासिल गर्दै आएको छ ।
सो सहकारीले आर्थिक बर्ष २०७९/८० मा एक करोड ५१ लाख १३ हजार रुपैया मुनाफा गर्न सफल भएको छ । ६ करोड २५ लाख ८४ हजार आन्दानी गरेको सो सहकारीले ४ करोड ६६ लाख ७५ हजार खर्च कटाएर एक करोड ५१ लाख १३ हजार रुपैया मुनाफा गर्न सफल भएको हो । ३३ करोड ४ लाख ८६ हजार बचत संकलन गरेको सो सहकारीले ३२ करोड ७३ लाख रुपैया ऋण लगानी गरेको छ ।
संकट आइपरे संस्थालाई जोगाउन सो सहकारीले जगेडा कोष सहित अन्य सम्पूर्ण कोषमा ३ करोड ८० लाख २२ हजार रुपैया राखेका संस्थाका व्यवस्थापक ओमप्रकास गुप्ताले जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष शर्माले सहकारीले नियम र सिद्धान्तलाई आधार मानेर शेयर सदस्यको हितमा लगानी गरिएको बताए । आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको जीवन स्तर उकास्ने गरी लगानी गरेका छौं अध्यक्ष शर्माले भने सहकारीको उद्देश्य मुताविक काम गरेका छौं । साधारण सभाबाट सो सहकारीले कामना स्मार्ट एप तथा मोवाइल बैङ्किङ सेवाको सुभारम्भ समेत गरेको छ ।
संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार ज्वालपुरी वनले मन्तव्य राखेकी थिइन् । सचिव लामिछानेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष सीतादेवी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् । रत्ननगर २ टाँडीमा मुख्य कार्यालय रहेको सो सहकारीले भण्डारा, पर्सा, पिठुवा र खोलेसिमलमा सेवा केन्द्र सञ्चालन गरेको छ ।