चितवन । रत्ननगर उद्योग बाणिज्य संघले आगामी तीन बर्षको लागि कार्ययोजना निर्माण गर्न कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
गोरखामा असोज १० र ११ गते सम्पन्न भएको कार्ययोजना निर्माण गोष्ठीमा व्यवसायिक सुरक्षालाई प्राथमिकता दिइएको छ ।
आर्थिक मन्दीका कारण समस्यामा परेका व्यबसायीलाई पालायन हुन नदिने गरी कार्ययोजना निर्माण गरिने संघका अध्यक्ष शंकर गिरीले बताए । उनले व्यवसायिक सुरक्षासंगै निकट भविश्यमा सञ्चालन हुने रत्ननगर महोत्सव २०८० लाई व्यवस्थित सञ्चालनको लागि आवश्यक पर्ने विषयबस्तुमा छलफल केन्द्रीत गरिएको बताए ।
कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले ३ वर्षे कार्यकालमा वन्ने योजनाबाट संघको छवि उच्च बनाउन मद्धत पुग्ने, आर्थिक मन्दीको बेला व्यवसायहरुलाई चलायमान हुने कार्यक्रम बनाउन आग्रह गरेका छन् ।
कार्यशाला गोष्ठीमा सहजकर्ताको रुपमा विनय महर्जनले सहजीकरण गरेका थिए । कार्यक्रममा बैठक संचालन सम्वन्धी उत्प्रेरणात्मक तालिम प्रशिक्षक शिव प्रसाद भुषालले दिएका थिए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर महोत्सव २०८० नयाँ व्यवस्थापनबाट संचालन गर्ने, उद्योगी व्यवासायीहरुको समस्यालाई केन्द्र विन्दु बनाई योजना निर्माण गर्ने गरी कार्यशाला समापन गरिएको छ ।
कार्यशाला गोष्ठीका संयोजक संघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल रहेका थिए भने कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।
कार्ययोजना तयार गर्दा विधान तथा नीति निर्माण, आर्थिक सवल पक्ष, व्यवसाय प्रवद्र्धन, सचिवालय व्यवस्थापन, व्यवसायी पैरवी लगायतका विषयहरु समाबेश गरी कार्यक्रमहरु तयार गरिएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए ।
उक्त कार्यशाला गोष्ठी मा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष र कर्मचारीहरु उपस्थिति भएको थियो ।