चितवन। उच्च शिक्षा अध्ययन गर्न विभिन्न देशमा जाने विद्यार्थीहरुको आकर्षणमा परेको छ चितवनको सेन्ट्रल कलेज । कलेजमा जापानसंगै अष्ट्रेलिया,क्यानडा लगायतका यूरोयिन देशमा समेत जाने विद्यार्थीहरुको आकर्षण बढेको हो । कलेजले एक भव्य समारोहका विच भरतपुरको दियालो फुडल्याण्डमा बधाई तथा सम्मान कार्यक्रम गरेको छ । सो कार्यक्रममा भरतपुर र आसपासको क्षेत्रका एक हजार बढिको सहभागिता रहेको थियो ।
कलेजले अक्टोबर इन्टेक २०२३ मा सिओइ तथा भिजा प्राप्त गरेका र कक्षा १२ को परीक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई सम्मान गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (बाइबी) पौडेलले बताउनुभयो । उहाँले कार्यक्रममा विभिन्न क्लबहरुलाई खेलकुद सामाग्री तथा सामाजिक संघसंस्थासंग अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । सो अवसरमा करिब एक सय क्लबलाई खेलकुद सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी,मैयादेवी क्याम्पसका प्राचार्य भोजराज न्यौपाने,नेपाल पोलिटेक्निक इन्स्टिच्यूटका प्रिन्सिपल शिव सुवेदी,जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की,चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया,एभरेष्ट बैक भरतपुरका म्यानेजर योजना ढकाल लगायतको सहभागिता रहेको थियो ।
कलेजले यसअघि चितवन,नवलपुर र नवलपरासी (पश्चिम) का विभिन्न पालिकामा विद्यार्थीसंग अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरिसकेको छ । बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गरेको कलेजले नारायणगढको लायन्सचोकमा आफ्नै भवन समेत निर्माण गरिरहेको छ । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।
बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ ।