धादिङ । धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो ।
उक्त बस त्रिशुली नदीमा खसेको थियो । धादिङ प्रहरीले दिएको जानकारीअनुसार मृतक भएका ८ मध्ये ६ जना पुरूष र २ जना महिला रहेका छन्।