चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण विद्यालय भोलि साउन २२ गतेदेखि २६ गतेसम्म बन्द हुने भएका छन् ।
पछिल्लो समय देशभर फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस) चितवनमा पनि फैलिँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको भन्दै भरतपुर महानगरपालिकाले हिँउदे र वर्षे बिदाबाट मिलान हुनेगरि पाँच दिन विदा दिने निर्णय गरेको छ।
महानगरपालिका अन्र्तगतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षा ( बालविकास केन्द्रहरु तथा मन्टेश्वरी, किन्नर गार्डेन) हरुलाई कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले जानकारी दिए ।
भरतपुर महानगरपालिकाले भरतपुरका २९ वटै वडाहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।