चितवन । भारत सरकारले अनुदान सहायता अन्तर्गत माडी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स अयोध्यापुरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।शनिवार अयोध्याधामस्थित राम मन्दिरमा सवारी पूजा पश्चात माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले सो स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
अब, अयोध्यापुरी स्वास्थ्य चौकीको व्यवस्थापन समिति बैठक बसी एम्बुलेन्स सञ्चालन सम्बन्धी आवश्यक व्यवस्थापन र निर्णय गरिने समितिका अध्यक्ष समेत रहनुभएका माडी-८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले बताउनुभयो ।
यसअघि, गत आइतबार नेपालस्थित भारतीय दूतावासले आइतबार नेपालका विभिन्न संस्था र निकायहरुलाई उपहारस्वरुप एम्बुलेन्स प्रदान गर्ने क्रममा माडी नगरपालिकालाई समेत एकवटा एम्बुलेन्स प्रदान गरेको थियो ।