चितवन। माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस वगाएको छ । बगहीबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना ४ ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको वहाब वढ्न गई अनियन्त्रित भई पल्टिएको हो ।
बिहान ११ः१० वजे घटना भएको हो । बसमा सवार चालक र सहचालकको शकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा बस फसे पछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले वगाएको बस घटना स्थलमानै रहेको उहाँले बताउनुभयो ।